
सस्थाका अध्यक्ष रवि न्यौपाने, व्यवस्थापक कमल घिमिरे कोषाध्यक्ष जमुना अधिकारी लयागत आमन्त्रीत अतिथीलाई मायाको चिनो स्वरुप पुस्तक प्रदान गर्दै । तस्विर : पूर्वनेपालडटकम
दमक/
पछिल्लो समय सामाजीक सञ्जालको बढ्दो प्रयोग सँगै आम नागरिकमा पुस्तक पढ्ने बानीमा कमी हुँदै आएको छ । पुस्तकमा लेखीएका साना अक्षरमा गोहिरिएर अध्यन गर्ने बानी हराँदै गएपछि अहिले बिभिन्न कार्यक्रममा अतिथीलाई पुस्तकनै मायाको चिनो दिने चलन बढ्न थालेको छ । दमकमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले स्थापनाको १० वार्षिक उत्सवको रुपमा आयोजीत कार्यक्रममा आमन्त्रण गरिएका सबै अतिथीलाई मायाको चिनो स्वरुप पुस्तक दिएको छ । उपहारमा लेखक कर्ण साक्यद्धारा लिखित ‘कोेष’ पुस्तक दिइएको हो । पुस्तक पढ्ने बानीको बिकास गराउन पनि यसरी पुस्तक मायाको चिनो दिने प्रथाको थालनी गरिएको सस्थाका अध्यक्ष रवी न्यौपानेले बताए ।
निशुल्क स्वास्थ्य परिक्षण

सस्थाले आयोजना गरेको स्वास्थ् शिविरमा स्वाथ्य परिक्षण गराँदै सदस्यहरु । तस्विर: पूर्वनेपालडटकम
साथै सस्थाले स्थापना दिवसको अवसर पारेर एक दिने बृहत स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । बृहत खुल्ला रक्तदान , निशुल्क ल्याव परिक्षण, निशुल्क स्वास्थ्य परिक्षण र निशुल्क औषधी बितरण कार्यक्रमको आयोजना गरिएको सस्थाका व्यवस्थापक कमल घिमिरेले जानकारी दिए । सस्थाले नशा तथा हाडजोनी रोग विशेशज्ञको सेवा, फिजिसियन सेवा, स्त्रि रोग बिषेशज्ञको सेवा, दन्त परिक्षण, आँखा परिक्षण गरेको व्यवस्थापक घिमिरेले बताए । साथै ल्याव मार्फत कोलिस्ट्रोल , मृगौलाको कार्य, यूरिक एसीड र सुगर समेत परिक्षण गरियो । कार्यक्रममा लाईफलाइन अस्पताल, हिमालय चस्मा घर, रेडक्रस सोसाईटी र आमा डेण्टल क्लिनीकले प्राबिधि सहयोग गरेका थिए ।
साथै कार्यक्रममा दमक अपाङ्ग सहयोग समितीलाई नगद २० हजार समेत प्रदान गरिएको छ । समितीको १८ वर्ष भन्दा कम उमेरका अपाङ्गलाई हिडडुल गर्न वा अन्य बिभिन्न सामाग्री खरिद गर्न सहयोग पुगोस भन्न निर्माण गरिएको कोषका लागी सस्थाले सहयोग गरेको जनाएको छ । त्यसै गरि दमक स्थित रेडक्रसलाई २ वटा ब्लड डोनेशन बेड र मृगौला पीडीत सदस्य बोधराज खनाललाई नगद १० हजार रुपैँया समेत सहयोग प्रदान गरिएको सस्थाकी कोषाध्यक्ष जमुना अधिकारीले जानकारी दिईन ।