
मलेयिाका लागी नेपाली राजुदत पाण्डेले त्हाँका राजाबाट आफ्नो अहोदाको प्रमाणपत्र ग्रहण गर्दै
क्वालालम्पुर/
मलेसियाका राजा द याङ दि पर्तुवान एगोङ अल सुल्तान अब्दुल्लाह रियादडीन अल मुस्तुफा बिल्ला साहले मलेसियामा काम गरिरहेका नेपालीको हक हितको रक्ष गर्ने बताएका छन् । मलेसियाका लागी नेपाली राजुदत उदयराज पाण्डेलाई राजाले अहोदाको प्रमाणपत्र दिदैँ नेपाली कामदारको हकहित र प्रबर्धन गर्ने बताएका हुन ।
मलेसिया स्थित नेपाली दुतावासले प्रकाशन गरेको प्रस विज्ञप्तीमा उल्लेख गरिएको छ । राजदुत पाण्डेले राजा एगोङ्गसँगको शिष्टचार भेटवार्तामा नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा समेत जानकारी गराएका थिए । भेटमा राजदुत पाण्डेले आफ्नो कार्यकालमा मलेसिया र नेपालबिचको सम्बन्ध थप मजबुद बनाउँन आफु प्रयत्नशिल रहने राजासमक्ष बताएका थिए ।
उनले मलेसियामा नेपाली कामदार आएर काम गर्ने , ब्यापार व्यवया गरेर बस्ने गरेकोले नेपाल र मलेसिया बिचको आवातवाजतको सम्बन्ध अझ प्रगाढ बन्दै गएको समेत बताएका थिए । राजासँगको भेटमा राजदुत पाण्डेले नेपालको ऐतिहासिक राजनैतिक परिवर्तनपछि नेपाल अव पूर्णरुपमा आर्थीक समृद्धि र विकासमा केन्द्रीत भएको समेत बताएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।