दमक/
कामका लागि बिदेश पुगेका झापा दमकका कमल प्रसाद दवाडी १५ वर्ष सम्म पनि नफिर्कीपछि एक सस्थांले आर्थीक सहयोग गरेको छ । कक्षा ९मा अध्यनरत १६ वर्षकी छोरी अनुषा दवाडीलाई अध्यनका लागि सहयोग मिलोस भनेर आर्थीक सहयोग गरिएको हो । दमक ३ निवासी शकुन्तला दवाडीका श्रीमान मलेसिया जानु भएको १५ वर्ष भयो । तर अहिले सम्म परिवारसँग कुनै सम्पर्क भएको छैन ।
सन्तानको नाममा १६ वर्षकी एक जना मात्र छोरी दवाडी परिवारमा छ । आर्थीक उपार्जनको स्थाई श्रोत नभएका कारण छोरीको पढाईमा सहयोग होस भन्नका लागि काठमाडौको प्रवासी नेपाली समन्यव समितीले २२ हजार पाँच सय रुँपैँयाको चेक हस्तान्तरण गरेको छ । दमक ३ मा रहेको अक्सफोर्ड अंग्रेजी माद्यमीक बिद्यालयमा अध्यनरत अनुषा दवाडीको पढाईमा सहयोग पुगोस भनेर उक्त चेक बिद्यालयलाई प्रदान गरिएको हो ।
बिद्यालयका प्रधानाध्यापक डिल्ली चापागाइँलाई प्रवासी नेपाली समन्वय समितीका सल्हाकार तारा भण्डारीले चेक हस्तान्तरण गर्नु भएको हो ।बिदेशमा दुख पाएका नेपालीलाई उद्धार र बिदेशमा गएर परिवार साष्ग सम्पर्क नभएका प्रवासी कामदाको क्षेत्रमा काम गर्दै आएको यो समितीले बिदेशमा आफन्त हराएको भन्दै १८ देखी २० जनाले निवेदन दिइएको र ९ जनालाई बिदेशमा खोजी परिवारसमक्ष भेट गराइएको समतीका सल्हाकार भण्डारीले बताउनु भयो ।
कार्यत्रममा दमक ३ का वडा सदस्य सुकदेव लुईँटेलको रोहवरमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।