दमक/
लेखक तथा साहित्यकार मेघराज तिम्सिनाद्वारा लिखित ‘पूर्व स्मिृतिमा दमक’ नामक कृति शनिवार दमकमा सार्वजनिक गरिएको छ ।
लेखक तथा साहित्यका डा. तुलसी भट्टराईको प्रमुख आतिथ्य र साहित्यकार मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।
कृतिमा दमकको बिगतको अवस्था, बसोबास, इतिहास लगायतका बिषय समेटिएको लेखक तिम्सिनाले जानकारी दिनु भयो । कार्यक्रममा वक्ताहरुले पुस्तक दमकको बारेमा जानकारी लिन चाहने सवै वर्गका लागि उपयोगी रहेको बताएका थिए ।