दमक /
झापाको दमकमा फेरी अर्को स्विमिङ पुल थपीएको छ । दमक ९ मा अवस्थित कन्काई पार्टि प्यालेसमा नयाँ स्विमिङ पुल सुरु भएको हो ।
कन्काई सप्लायर्स ग्रुपको दमकमा स्विमिङ पुलको सोमबार समुद्धघाटन गरिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्विमिङ पुलको रिवन काटेर र पानी छर्केर उद्धाघाटन गर्नु भएको हो ।
उद्धघाटन अघि भएको औपचारीक कार्यक्रममा नगर प्रमुख ओलीले स्विमिङ पुल दमकमा आवश्यक रहेको बताउनु भयो । समयमको माग रहेकोले दमकमा देखीएको आवश्यकताको परिपुर्ती भएको समेत नगर प्रमुख ओलीले बताउनु भयो ।
कार्यक्रममा बिषेश अतिथी रहनु भएका दमक उद्योग बाणिज्य सघंका अध्यक्ष राजेन्द्र ढकालले दमकमा स्विमिङ पुलहरु थपीने क्रमहरु बढिरहेको बताउनु भयो । अध्यक्ष ढकालले दमकमा व्यवसायी तथा अन्य नागरिकहरु हरेक दिन ब्यस्त बन्दै गईरहेको र ब्यस्त समयबाट केहि समय निकालेर मनोरञ्जन गर्ने ठाउँ हरुको अभावमा यो स्विमीङ पुलले पुरा गर्ने बिस्वास ब्यक्त गर्नु भएको छ । अव दमकमा बालबालीकाका लागी पनि रमाईलो गराउने बालबगैचा जस्ता मनोरञ्जनका ठाउँहरु समेत खुल्न आवश्यक रहेको अध्यक्ष ढकालले बताउनु भयो ।
कन्काई सप्लायर्स पार्टि ग्रुपले २ करोडको लगानीमा स्विमीङ पुल सुरु गरेको र यहि ठाउँमा ३ करोडको लगानीमा रेष्टुरेण्ट र पार्टि प्यालेस सञलन भै हरको ग्रुप सञ्चालन समितीका सदस्य निर्मल खतिवडाले जनाउनु भयो । सोमबार बाट सुरु गरिएको स्विमिङ पुल १४ कट्ठा क्षेत्रफलमा फैलीको छ ।